४ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना जान निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको हो ।
मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ । आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फर्कन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |