३ वैशाख, जनकपुरधाम । सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ३ बजेतिर भएको उक्त दुर्घटनामा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदिलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |