नरिवल पानी गर्मी महिनामा पिउन सकिने उत्तम पेयमध्ये एक हो । यसले शरीरमा तत्काल शीतलता र ऊर्जा प्रदान गर्छ । यसको सेवनले शरीरमा इलेक्ट्रोलाइट सन्तुलन कायम राख्न मद्दत गर्छ । यसमा क्यालोरीको मात्रा निकै कम हुनेहँुदा तौल घटाउन चाहने मानिसहरूका लागि नरिवल पानीको सेवन फाइदाजनक हुन्छ । प्राकृतिक एन्जाइम र पोटासियमजस्ता खनिज भएका कारण नरिवल पानी एक सुपर स्वस्थ पेय हो ।
नरिवलमा ९४ प्रतिशत पानी र थोरै मात्रामा फ्याट हुन्छ । दुई सय ५० मिलिलिटर नरिवल पानीमा नौ ग्राम कार्ब, तीन ग्राम फाइबर, दुई ग्राम प्रोटिन, १० प्रतिशत भिटामिन सी, १५ प्रतिशत म्याग्नेसियम, १७ प्रतिशत म्यागसनज, १७ प्रतिशत पोटासियम, ११ प्रतिशत सोडियम र ६ प्रतिशत क्याल्सियम हुन्छ ।
जनावरहरूमा गरिएको अनुसन्धानले नरिवलको पानीमा एन्टिअक्सिडेन्ट गुण हुन्छन्, जसले फ्रि रेडिकलहरूलाई परिमार्जन गरेर हानिकारकरहित बनाउने गर्छ ।
नारिवलको पानीको सेवनले अक्सिडेटिभ तनावमा सुधार गराउनुका साथै कलेजोको क्षति कम गर्ने, रक्तचाप, ट्राइग्लिसराइड र इन्सुलिनको मात्रा कम गर्ने देखाएको छ । नरिवल पानीको सेवनले रगतमा चिनीको स्तर कम गर्न सक्छ । मधुमेह भएको मुसालाई नारिवल पानीको सेवन गराउँदा उनिहरूको रगतमा चिनीको स्तरमा सुधार आएको थियो ।
नरिवल पानीको सेवनले हेमोग्लोबिन ए १ सीको स्तर कम हुन्छ, जसले लामो अवधिमा रगतमा चिनीलाई नियन्त्रण गर्न सक्छ । साथै, नरिवल पानी म्याग्नेसियमको एक राम्रो स्रोत हो, जसले इन्सुलिन संवेदनशीलता बढाउन सक्छ र टाइप २ मधुमेह भएका वा हुनसक्ने (प्रि–डाइबेटिक्स) व्यक्तिहरूमा रगतमा चिनीको मात्रा कम गर्छ ।
पर्याप्त तरल पदार्थ पिउँदा मृगौलामा बन्ने ढुङ्गाको रोकथाममा मद्दत गर्छ । सादा पानी पनि राम्रो विकल्प हो, तर अध्ययनले मृगौलामा ढुङ्गा बन्न नदिन नरिवल पानी पिउन उचित हुने देखाएको छ । नरिवल पानीले मृगौलाको पत्थरीको कारण बन्न सक्ने क्रिस्टलहरूलाई किडनी र मूत्र नलीका अन्य भागहरूमा टाँसिनबाट बचाउँछ । साथै, नरिवल पानीले पिसाबमा बनेको क्रिस्टलहरूको सङ्ख्या कम गर्न पनि मद्दत गर्छ ।
नरिवल पानी पिउँदा रगतमा कोलेस्ट्रोल र ट्राइग्लिसराइड्सको मात्रा अट्ने हुँदा यसले हृदय रोगको जोखिम कम गर्न सकिने अध्ययनले देखाएको छ । यसले कलेजोमा जमेको फ्याटलाई पनि उल्लेखनीय कम गर्न सक्छ । गर्भवती महिलाहरूलाई डिहाईड्रेसन र कब्जियतको समस्याविरुद्ध लड्नका लागि नरिवल पानी पिउन सल्लाह दिइन्छ ।
नरिवल पानीको सेवनले गर्भावस्थामा धेरै देखिने बिहानीको समयमा वाकवाक आउने समस्या र जलन हटाउन सहयोग पु¥याउँछ । नरिवल पानी जुन सुकै समयमा पनि पिउनु उत्तम हुन्छ । दिनको कुनै पनि समयमा वा रातमा पनि यसलाई पिउन सकिन्छ । बिहान नरिवल पानी पिउनाले रोग प्रतिरोध क्षमता बढाउँछ र मेटाबोलिजमलाई सक्रिय पारेर तौल घटाउन प्रोत्साहित गर्छ ।
सुत्नुभन्दा अगाडि, रक्सीको नसा हटाउन, व्यायाम गर्न अघि वा गरिसकेपछि पनि नरिवल पानी पिउन सकिन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |