नेपालमा थप ५ सय १७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा आरटी-पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा थप ५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी ५ हजार सय ३ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार गत ४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गत २४ घण्टामा ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा थपिएका ५ सय १७ जनासहित नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ८० हजार ८४ पुगेको छ ।
कोरोना संक्रमण देखिएकामध्ये हालसम्म लाख ७४ हजार ३ सय १८ जना संक्रमण मुक्त भएका जनाइएको छ ।
यस्तै, कोरोना संक्रमणबाट हालसम्म ३ हजार ८५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
देशभर अहिले ३ हजार ६ सय ८ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |