स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार रियलले आफ्ना डिफेन्डर रामोसलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेको छ ।
स्पेनिस स्टार रामोस केही समययता चोटका कारण मैदानबाहिर नै छन् । केही दिनपछि टोलीमा फर्किने अपेक्षाका बीच रामोसलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । अब उनी केही समयका लागि टोलीभन्दा टाढा रहनेछन् ।
एक साताअघि रियलका राफेल भराने पनि कोरोना सङ्क्रमित भइ आइसोलेसनमा रहेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |