२९ चैत, काठमाडौं— विराटनगर महानगरपालिका-८ स्वागतम चोकमा शनिबार राति घरायसी विवादमा छोराहरुले कुटपिट गर्दा बाबुको मृत्यु भएको छ ।
विराटनगर-८ का वडा सदस्य सुरेन्द्रकुमार राय आमात्यका अनुसार मदिरा पसल सञ्चालन गर्दै आएको सहनीलाई घरायसी विवादमा छोराहरुले कुटपिट गर्दा मृत्यु भएको हो ।
‘विकोले चलाइरहेको पसलमा उनको छोरा आएपछि सामान्य विवाद भएको थियो,’ उनले भने, ‘विवादकै क्रममा उनको एक छोराले घाँटी समातेर घरको पिलरमा ठोकाई दिँदा तत्काल लडेर मृत्यु भयो ।’ घरको पिलरमा ठोकिएर भुइँमा लडेका विकोलाई तत्काल उपचारका लागि कोशी अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
झगडा छुटाउन गएका छिमेकी राजन आमात्यलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । विकोको घाँटीमा चोट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले साचोँ खबरलाई बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |