सुडान र डारफोरमा भएका हिंसात्मक घटनामा एक साताभित्र ८७ जनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार हतियारधारी समूहको श्रृंखलावद्ध आक्रमणका कारण सर्वसाधारण मारिएका हुन् ।
पश्चिमी डारफोरस्थित एल जेनिनामा विद्रोहीको आक्रमणमा एकै दिन ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । हतियारधारी समूहले लगातार आक्रमण गर्न थालेसँगै सरकारले आपतकालीन अवस्थाको घोषणा गरेर सेनाको गस्तीलाई बढाएको जनाएको छ ।
तर, विद्रोहीका हिंसात्मक गतिविधिका कारण सर्वसाधारण त्रसित भएको छ । यसअघि सन् २०१९ मा पनि सुडान र डारफोरमा विद्रोहीले राष्ट्रसंघी कार्यालयहरूमा समेत आक्रमण गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |