पाल्पाको तानसेनमा पिकअप भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तानसेन–७ काजीपौवास्थित भित्री कच्ची सडकमा लु२च ६३२ नंको कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
गए राति करिब साढे १२ बजे जीप कुखरा ल्याउँदै गर्दा पिकअप जीप अचानक सडकदेखि करिब २० मिटर तल खस्दा चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |