बर्दियामा फेरि एक जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । हात्ती चराउँदै गरेका एक माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट आइतबार मृत्यु भएको हो ।
बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पनि बाघको आक्रमणबाट बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा मृत्युका घटना हुँदै आएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |