२२ चैत, काठमाडौं। एजेन्सी- ब्राजिलमा एकैदिनमा सङ्क्रमितहरुको सङ्ख्या बढ्ने क्रममा ७० हजार नाघेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाभाइरसबाट ७० हजार २३८ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा ब्राजिलमा कोरोनाभाइरसका कारण दुई हजार ९२२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
ब्राजिलमा अहिलेसम्म कोरोनाभाइरसबाट एक करोड २९ लाख १० हजार ८२ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख २८ हजार २०६ पुगेको पनि मन्त्रालयले उल्लेख गरेको छ ।
सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोड १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पाँच लाख ६७ हजार ६०० भन्दा बढीको मृत्यु भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |