२१ चैत, काठमाडौं। नेकपा एमालेको माधव–नेपाल झलनाथ खनाल समूहको बैठक शनिबार बस्दैछ । शनिबार दिउँसो बस्ने बैठकबाट संगठन अभियान घोषणासहित विभिन्न कार्यक्रम तय गरिने नेताले साचोँ खबरलाई जानकारी दिए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले माधव नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिने निलम्बनको घोषणा गरेपछि सो समूहले निरन्तर बैठक र भेला गर्दै आएको देखिन्छ ।
शुक्रबार पनि एक विज्ञप्तिमार्फत खनाल–नेपाल सहितका ११ नेतालेओलीबाट देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलाप भएको भन्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |