२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय पनि गरेका छन।
शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिएका हुन।संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्ने अपेक्षा गरेको भए पनि त्यसो नभएकाले राजीनामा माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए ।
केन्द्रीय कार्यसमितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता शर्माले अघि भने, ‘प्रतिगमन भएको थियो र वर्तमान सरकारलाई विस्थापन गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्ने दलहरु कांग्रेसको नेतृत्वमा सरकार बनाउने सन्दर्भमा एकठाउँमा उभिएर विकल्पमा जानुपर्छ ।’
माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि प्रस्ताव गर्दै आएको छ भने कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष पाि देउवाको नेतृत्वमा सरकार गठन गर्न सहमत छ । तर सभापति देउवाले, ३२ सिट भएको जनता समाजवादी पार्टी (जसपा) मा देखिएको मतभेदलाई देखाउँदै नेतृत्व लिन परिपक्क वातावरण नबनेको बताउने गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |