अभिनेता एवम् माेडल प्रियंका कार्की आमा बन्ने भएकी छन् । उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् आफू आमा बन्न लागेकाे जानकारी गराएकी हुन् ।
आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै उनले फेसबुकमा लेखेकी छिन्- ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ ! हो, हामी गर्भवती छौं ।’ केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती अड्कल काटिएकाे थियाे । अहिले भने उनले आफू गर्भवती भएको स्वीकारेकी छिन् ।
नायिका प्रियंका कार्की चर्चमा छाइरहन मन पराउने नायिका हुन् । सिने क्षेत्रमा राम्रो पकड जमाउन नसकेपनि उनी तस्वीरैले पनि मिडियाको लाइमलाइटमा सधैं रहिरहन्छिन् ।
प्रियंका म्युजिक भिडियो र चलचित्र दुबैमा देखिन्छिन् । पछिल्लो समय लकडाउनयता भने उनी न चलचित्रमा देखिएकी छिन् न त म्युजिक भिडियोमा नै उनको उपस्थिति देख्न सकिन्छ । चर्चामा छाइरहन मन पराउने नायिका प्रियंकाको बिवाहपछि भने चर्चा सेलाएको छ । काेराेना कहरका समय प्रियंकाले आफ्नै युट्युब च्यानलमार्फत् विभिन्न कार्यक्रम सुरु गरेकी थिइन् ।
आफ्नो २ वर्षको गहिरो प्रेमलाई बिवाहमा परिणत गर्दै यी जोडीले २०७६ फागुन १५ गते कोट म्यारिज गरेका थिए भने १६ गते सामाजिक परम्परागत बिवाह गरि सोही दिन रिसेप्सन पार्टी दिएका थिए ।
उनीहरुको बिवाह करिब एक साता नै चलेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |