रुरु जलविद्युत आयोजना लिमिटेडको आईपीओमा पहिलो दिनमा २ लाख ९३ हजार ९७६ जनाले आवेदन दिएका छन् । उनीहरुले ४५ लाख ४२ हजार ५६० कित्ताको लागि आवेदन दिएका हुन् ।
रकमका आधारमा ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँको आवेदन परेको छ । सिडीएसीले उपलब्ध गराएको शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
रुरु जलविद्युत आयोजना लिमिलटेडले चैत २० गते अर्थात आजदेखि सर्वसाधारणलाई आईपीओ जारी गरेको थियो । कम्पनीले पुर्व निर्धारित समयअनुसार नै आजदेखि ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गरेको हो । प्रतिशेयर १०० अंकित मुल्यमा २० रुपैयाँ प्रिमियम थपेर कम्पनीले सो बराबरको आईपीओ निष्काशन गरेको हो ।
उक्त आईपीओमा ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यो अनुसार सर्वसाधारणले ३ लाख ७९ हजार १६७ कित्तामा मात्र आवेदन दिन पाउने छन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
आईपीओमा आवेदन दिने म्याद छिटोमा चैत २४ गतेसम्म रहेको छ । त्यस अवधीमा आवश्यक मात्रामा आवेदन नपरे बैशाख ३ गतेसम्म आवेदन खुलाइने छ ।
अहिले कम्पनीको चुक्तापुँजी रु. ३२ करोड ६१ लाख ६४ हजार रहेको छ । आईपीओ बाँडफाँड पश्चात त्यो ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |