अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् । सालझण्डीबाट सन्धीखर्क आउँदै गरेको लु २ च १८९७ नम्बरको जीप पाणेनी गाउँपालिका–२ रजौसा भन्ने स्थानमा दुर्घटना भएको हाे ।अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
सालझण्डीबाट सन्धीखर्क आउँदै गरेको लु २ च १८९७ नम्बरको जीप पाणेनी गाउँपालिका–२ रजौसा भन्ने स्थानमा दुर्घटना भएको हाे ।
जिल्ला प्रहरी कार्यालय सन्धीर्कका सूचना अधिकृत प्रहरी निरीक्षक सुजन शाहका अनुसार उक्त जीपमा जम्मा ३ जना सवार थिए । जसमध्ये छत्रदेव गाउँपालिका–८ घर भएका ३७ बर्षीय चालक वसन्त श्रेष्ठ घाइते भएको बताइएको छ ।
अन्य दुई जनाको स्वास्थ्य अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |