न्यूजिल्याण्ड र बंगलादेश बिचको अन्तिम टि-२० मा बंगलादेश ६५ रनले पराजित भएको छ ।
वर्षाको कारणले गर्दा १० ओभरमा घटाइएको टि-२० खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेका न्यूजिल्याण्डले १० ओभरमा ४ विकेट गुमाएर १४१ रन बनाएका थियो ।
न्यूजिल्याण्डका लागि फिन एलेनले सर्वाधिक ७१ रन बनाएका थिए भने मार्टिन गप्टिलले ४४ रन बनाएका थिए ।
बंगलादेशका लागि बलिङ्गमा भने मेहदी हशन, सोरिफुल इस्लाम र तस्किन अहमलदले समान १/१ विकेट हात पारेका थिए ।
१४२ रनको विशाल लक्ष्य पछाएको बंगलादेश ९.३ ओभरमा ७६ रन बनाएर अलआउट हुन पुगेको छ ।
बंगलादेशका लागि मोहम्मद नईमले सर्वाधिक १९ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि टोड एटलले ४ विकेट लिएका थिए ।
जितसँगै न्यूजिल्याण्डले ३ खेलको टि-२० श्रृखला ३-० ले क्लिन स्विप गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |