बेलायतमा पछिल्लो २४ घन्टामा थप ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ७१३ पुगेको छ । य
सैगरी गएको २४ घन्टामा ४ हजार ५२ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमित हुनेको संख्या ४३ लाख ४५ हजार ७८८ पुगेको छ ।
बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्या पनि क्रमशः घट्दै गएको छ । बुधबारको तथ्याँकअनुसार हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ५६८ रहेको स्वास्थ्य विभागले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घन्टामा २६८ कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या चार हजार १७६ रहेको छ ।
बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ५० लाख १४ हजार ७४ डोज वितरण भएको छ । तीन करोड ९० लाख ५ हजार ५३८ ले खोपको पहिलो डोज र ४१ लाख ८ हजार ५३६ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |