१९ चैत, काठमाडौं । काठमाडौंको न्युरोडस्थित खिचापोखरीमा दिनदहाडै खुकुरी देखाएर चार जनाले रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आईएमई’ लुटेका छन् ।
बुधवार दिउँसो खिचापोखरी स्थित हेम मल्ल र गोरख चन्दले संचालन गरेको आईएमई लुटपाट भएको हो । लुटमा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ घर भएका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोट घर भएका १८ बर्षिय उमेश केसी र ललितपुर बस्ने नविन केसी छन् । तिलक र दिपुन नयाँ बानेश्वर स्थित दक्षिणकाली होस्टलमा बस्छन् ।
आरोपीलाई लुटपाट गरेको केही घण्टामै नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले साचोँ खबरलाई बताए ।
‘आइएमई संचालकले ६ लाख लुटेको दाबी गरेका छन्’ एसएसपी सिंहले भने–‘हामी थप अनुसन्धान गर्दै छौं ।’ लुटेको पैसाले उनीहरुले २५ हजार बराबरको सपिङ गरेको अनुसन्धानबाट थाहा भएको छ । आईएमई लुट्नेहरू लागु औषध प्रयोगकर्ता हुन् । लुटेको रकमबाट ७५ हजार लागुऔषध किन्न एउटी महिलालाई दिएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |