पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुँदै जाने बताउनुभएको छ ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदम सही थियाे भन्ने बिस्तारै पुष्टि हुँदै जाने महेशकाे भनाइ छ । प्रेस चौतारी पाँचथरले फिदिममा गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधि सभाकामै गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयाे । नेता बस्नेतले भन्नुभयाे – ‘घटनाक्रमहरूले प्रतिनिधि सभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुनेछ ।’
प्रतिनिधि सभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पे; हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन नसक्ने अवस्थाले सbg प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताउनुभयो ।
‘कि त यो सरकार नै बाँकी दुई वर्ष चल्छ, वा नयाँ निर्वाचनमा जाने अवस्था बन्छ’, बस्नेतले दावी गर्दै भन्नुभयो, ‘मुलुकको राजनीति फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरि घुम्छ ।’
उहाँले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारवाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताउनुभयो ।
‘जनवादका नाममा अराजकता स्वीकार्न सकिन्न’, बस्नेतले भन्नुभयो, ‘कारवाहीमा पर्नुभएका नेताहरूलाई सच्चिएर पार्टीको मूल नेतृत्वमा फर्कने अवसर दिइएकै छ ।’
पत्रकार भेटघाटमा राष्ट्रिय युवा संघका अध्यक्ष बच्चनबहादुर सिंहले सङ्घले युवाहरूलाई उत्पादनमा जोड्ने कार्यक्रम अगाडि बढाउने बताउनुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |