प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएकाे अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेको माधव नेपाल समूहका सांसद्ले हस्ताक्षर फिर्ता लिएका छन् ।
मङ्गलबार सामूहिक रुपमा १६ जना सांसद्ले हस्ताक्षर फिर्ता गरेका हुन् । बुधबार बसेकाे बैठकमा मुख्यमन्त्री शेरधन राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।
निर्देशनपछि मङ्गलबार १६ जना सांसद्ले हस्ताक्षर फिर्ता लिएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।
गत पुस १२ गते तत्कालिन नेकपा प्रचण्ड–माधव समूहका ३७ जना सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका पाँच जना सांसद् यसअघि नै हस्ताक्षर फिर्ता लिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |