उक्त अवार्ड समारोहमा तापसी पन्नु, आयुष्मान खुराना, सनी लियोनी, नोरा फतेही, रितेश देशमुख, राजकुमार रावलगायत कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
६६औं फिल्मफेयर अवार्डमा दिवंगत अभिनेता इरफान खानले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । शनिबार साँझ मुम्बईमा आयोजित फिल्मफेयर अवार्डमा ‘अंग्रेजी मिडियम’ फिल्मबाट दिवंगत अभिनेता इरफानले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका हुन् ।
साथै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट पनि दिवंगत अभिनेता इरफानलाई सम्मानित गरिएको छ । इरफानको उक्त अवार्ड लिनका लागि छोरा बाबिल खान स्टेजमा पुगेका थिए । त्यस्तै, उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘थप्पड’ फिल्मबाट अभिनेत्री तापसी पन्नुले प्राप्त गरेकी छन् ।
उक्त अवार्ड समारोहमा तापसी पन्नु, आयुष्मान खुराना, सनी लियोनी, नोरा फतेही, रितेश देशमुख, राजकुमार रावलगायत कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |