प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ । शनिबार (आज) शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले पूर्वमनत्री जोशीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको हो ।
जोशीको (हिजो) शुक्रबार साँझ ८ः२४ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो ।
संविधानसभा सदस्यसमेत रहनु भएका नेता जोशी काठमाडौँमा लोकप्रिय नेता हुनुहुन्थ्यो । सन्ताउन्न वर्षीय जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।
विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मनुभएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |