ताप्लेजुङमा मेयरकप भलिबल प्रतियोगिता हेर्न सार्वजनिक बिदा दिइएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि शुक्रबार नगरले सार्वजनिक बिदा दिएको छ ।
नगरप्रमुख छत्रपति प्याकुरेलले नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको बताए ।
मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ ।
संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करण मेयर रनिङ कप भलिबको आयोजना गरिएको नगरप्रमुख प्याकुरेलले बताए ।
पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए ।
आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |