सरकारले अत्यावश्यकबाहेक नयाँ पासपोर्ट नबनाउन आग्रह गरेको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अत्यावश्यकबाहेक नयाँ मेसिन रिडेबल राहदानी (एमआरपी) नबनाउन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले उल्लेख गरेको छ ।
प्रशासनले एक विज्ञप्ति जारी गर्दै विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी हुने भएकाले एमआरपी बनाएर घरमा नराख्न अनुरोध गरेको हो ।
तत्काल विदेश जान आवश्यक नभएका व्यक्तिहरुले पनि बहाल अवधि सकिन लागेका राहदानीको नविकरण गर्ने गरेको पाइएकाले सो कार्य नगर्न अनुरोध गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |