नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएकाे छ भने चाँदीकाे मूल्य भने केही घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ सय रुपैयाँ वृद्धि भएकाे छ ।
बिहीबारका लागि छापावाल सुनकाे मूल्य ८६ हजार ९ सय रुपैयाँ कायम गरिएकाे छ भने तेजाबी सुन ८६ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
त्यसैगरी आज चाँदीकाे मूल्यमा भने सामान्य गिरावट आएकाे छ ।
बुधबार १ हजार २ सय ४० रुपैयाँमा काराेबार भएकाे चाँदी आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |