१० चैत, काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन्। झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो ।
चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार उनको साथबाट प्रहरीले ८४ बोतल ‘सिक्किम गोल्डेन’ र ११ बोतल ‘फायरबल’ मदिरा बरामद गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |