६ चैत, काठमाडौं। आजबाट हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ प्रशारण हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो । शो प्रशारण हुनु अगाडि बिहिबार बेलुकी काठमाण्डौमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो ।
प्रिमियरमा शोका निर्णायकहरु, निर्माता, निर्देशक, विज्ञापनदाता उपस्थित थिए । आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |