गृहमन्त्री रामबहादुर थापा पार्टीभित्र शक्तिहीन बन्दै गएका छन्। उनलाई समर्थन गरिरहेका युवाहरुको समूह छिन्नभिन्न भएसँगै थापा झन् कमजोर बनेका हुन्।
आफ्नो शक्ति बढाउन पूर्वजनमुक्ति सेनामा रहेका युवाहरुलाई लिएर थापाले पुस ९ मा वाईसीएल ब्युँताएका थिए। त्यसको संयोजक आफ्नै सचिवालयमा रहेका वीरु तामाङलाई बनाएका थिए।
तर, तामाङको नेतृत्वमा रहेका युवाहरु एक्लाएक्लै ओली समूहले एकलौटी पुनर्गठन गरेको युवा संघमा प्रवेश गरेका छन्। बाँकी रहेका केही युवा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा प्रवेशको तयारीमा छन्। यससँगै थापालाई साथ दिँदै आएको युवाहरुको टोली तितरबितर भएको छ।
वाईसीएल ब्युँताएर ओली पक्षसँग वार्ता गरी युवा संघसँग एकता गर्ने प्रयास थापाले गराएका थिए। तर, ओली पक्षले एकतर्फी रुपमा माघ २५ र २६ गते युवा संघको भेला गरेपछि थापा पक्षका युवाले बैठक नै बहिष्कार गरेका थिए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |