फागुन ९ गते,काठमाडौं । भटमासको तेलको निर्यातले समग्र निर्यात व्यापारमा सुधार ल्याएको देखिन्छ। कोरोना महामारीका कारण वैदेशिक व्यापार प्रभावित भए पनि भटमासको तेलको निर्यात भने करीब २२९ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा नेपालबाट कुल रू. ६९ अर्ब ९१ करोडको वस्तु निर्यात भएकोमा रू. १९ अर्ब ५९ करोडको भटमासको तेलको निर्यात भएको तथ्यांकले देखाएको छ, जुन कुल निर्यातको २८ प्रतिशत हिस्सा हो ।
व्यवसायीहरूले पामजस्तै कच्चा भटमास पनि अन्य मुलुकबाट आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन् । गत वर्षसम्म ८० प्रतिशत पाम तेल र बाँकी भटमासको तेल उत्पादन गर्ने उद्योगले अहिले ८० प्रतिशतभन्दा बढी भटमासको तेल उत्पादन गरिरहेको मुरारका बताउँछन्
यसबाहेक व्यवसायीहरूले सूर्यमुखीको तेलको पनि उत्पादन गरिरहेका छन् । पाम तेलको माग भारतमा मात्र रहेको तर भटमास र सूर्यमुखीको तेलको माग नेपालमा पनि उच्च रहेकाले यसको बजार राम्रो भएको उनको भनाइ छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |