फागुन ७ गते।सुर्खेतको वीरेन्द्रनमा रहेको शिव शिखर एग्रो कम्पनीले राजश्व छलेर सूर्तिजन्य पदार्थ कर्णालीका दुर्गम गाउँमा बिक्रीवितरण गर्ने गरेको पाइएको छ । शिव शिखर एग्रो कम्पनीले उत्पादन गरेको वयलकम सूर्ति राजश्व छलेर बजारमा आएको पाइएको हो ।
वयलकम सूर्तिको प्याकेटमा आन्तरिक राजश्व कार्यालयको ट्याग पनि राखिएको छैन । सोही कम्पनीले उत्पादन गरेको अर्को सूर्ति लिप्सले पनि करिब पाँच महिना अघिसम्म राजश्व छलेको जनाइएको छ । पाँच महिनायता भने लिप्समा आन्तरिक राजश्व कार्यालयको ट्याग लगाएको छ ।
राजश्व छलेर बजारमा आएपछि उक्त, कम्पनीको सूर्तिसमेत बाँकेको कोहलपुर प्रहरीले बरामद गरेको थियो । अहिले सोही विषयमा तारेख पनि खेपी रहेको कम्पनी स्रोतले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |