फागुन ७ गते।प्रमोद गिरी
रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लु४३प ६८१७ नम्बरको मोटरसाइकल राति १० बजे पूर्व–पश्चिम राजमार्गमा पुल बनाउनका लागि खनेको खाल्डोमा खस्दा मोटरसाइकलमा सवार व्यातिको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक देवदह नगरपालिका ८ का २७ वर्षीय रामबहादुर थापा र पछाडि सवार सोही स्थानका २५ वर्षीय प्रकाश न्यौपानेको मृत्यु भएको छ ।
उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |