६ फागुन, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले प्रजातन्त्र दिवसको अवसर पारि दरबारमार्गमा काठमाडौं सडक सांस्कृतिक महोत्सव
गर्ने निर्णय भएको छ । फागुन ६ गते बिहीबार साँझ ५ बजेदेखि महोत्वसव सुरु गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए ।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा हामीले दरबारमार्गमा सांस्कृतिक महोत्वसव गर्न लागेका हौँ,’ ज्ञवालीले भने, ‘पहिलो चरणमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको सांस्कृतिक प्रस्तुति रहने छ । त्यसपछि पप गायक सविन राई आधुनिक गायक मिलन नेवार, लोक तथा आधुनिक गायक प्रकास सपुत र प्रिती आले, लोक गायक अञ्जु पौडेलले आ–आफ्नो प्रस्तुति देखाउने तयारी गरेका छौँ ।’
ज्ञवालीले युवा पुस्तालाई लक्षित गरी काठमाडौँका विभिन्न चार स्थानमा यस्तै कार्यक्रमसहित नेपाली संस्कृति र पहिचानको जगेर्ना गर्ने लक्ष्य लिएको पनि जानकारी दिए। दरबारमार्गको कार्यक्रमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादु थापा वादल, काठमाडौँ महानगरपालिकाका प्रमखु विद्या सुन्दर शाक्यलगायतको उपस्थिति रहने पनि उनले बताए।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |