• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    २ घण्टा अघि

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ३ घण्टा अघि

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ५ घण्टा अघि

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ५ घण्टा अघि

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ५ घण्टा अघि

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ५ घण्टा अघि

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    १५ घण्टा अघि

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    १५ घण्टा अघि

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    १५ घण्टा अघि

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    १५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

आरोपित दिनेशको साविति बयान- सडकबाट धक्का दिँदा खोल्सोमा लडी, अनी घाँटी थिचेर मारिदिए

होमपेज / Flash News
  • ९५५ पटक पढिएको


  • २०७७ फागुन ५, बुधबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • धनगढी : बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको हत्यामा संलग्न भनि पक्राउ परेका दिनेश भट्टले साविति बयानमा हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ । यसअघि प्रहरी र परिवारका सदस्यलाई आफू पुरै कक्षा पढेर आएको बताए पनि विद्यालयको रेकर्ड र खोचलेकमा भेटिएका साथीहरुका आधारमा उनी टिफिन समयमा नै घर गएको देखिएपछि प्रहरीको अनुसन्धान उनीतिर केन्द्रित पारिएको थियो । दिनेश भागरथीका नजिकका भाइ नाता पर्छन् ।

    दिनेश टिफिनको समयमा विद्यालयमा भलिबल खेलेर घर आए । उनीसँगै टिफिनमा घर आएका भानदेव भट्ट र लिलाघर भट्टले उनलाई खोचलेक बजारमा देखे । खोचलेक बजार उनीहरुले पढने सनातन धर्म माविबाट झण्डै ५/७ मिनेटको पैदल दुरीमा पर्छ ।

    खोचलेक बजारमा तीनैजना र भागरथीको भेट भयो । भागरथीले उनीहरुसँग घर कतिबेला जाने भनेर सोधिन । भानदेब र लिलाधरले कपाल काटेर मात्रै घर जाने भनेपछि भागरथी त्यहाँबाट घर हिँडेको प्रहरीले बताएको छ ।

    भानदेब र लिलाधर कपाल काटन सैलुन छिरे । तर दिनेश त्यहाँबाट भागरथीको भन्दा चार/पाँच मिनेट पछाडि घरतिर हिँडे । उनले यसअघि आफूले बाटोमा कसैलाई पनि नदेखेको, विद्यालयबाट पनि पुरै कक्षा पढेर आएको जस्ता झुटो कुराले उनीमाथि गहिरो अनुसन्धान थालेको थियो।

    ‘दिनेशले विद्यालयबाट हिँडेको समय १:४५ बजे हो । भागरथी र तीनैजनाको १:५० मा खोचलेकमा भेटभयो । त्यसपछि घटनास्थल पुग्ने समय भनेको झण्डै ४० मिनेट अथवा २:३० हो । तर दिनेश ३:२५ सम्म घटनास्थल नजिकै छन् । उनले, घरमा पुरै पिरियड पढेर आएको भनेपनि पत्याउन नसकिने देखिन्छ,’ प्रहरी स्रोत भन्छ,’ तर उनले टिफिनमा कक्षा छोडेपछि र घर ढिलो पुगेको पत्ता लागेपछि अनुसन्धान बढी केन्द्रित पारिएको थियो।’

    प्रहरीले दिनेशलाई ३ :२५ मा घटनास्थल नजिकैको लवलेकको नवनिर्मित मैदान नजिक देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ‘प्रत्यक्षदर्शीका आधारमा अनुसन्धान अझ सहज भएको प्रहरीले जनाएको छ।

    दिनेश शव भेटिएको दिन घटनास्थलमा थिए । उनी केही बेर मात्र घटनास्थलमा बसेर छिट्टै घर फर्किए । त्यसदिन घटनास्थलमा पुगेका प्रहरीहरुले घटनास्थल सिल पारिसकेको थियो । त्यहाँ प्रहरीको तालिम प्राप्त कुकुर आउने भएकाले घटनास्थलमा कसैलाई नजान भनिएको थियो ।

    भागरथीको शव उठाएको दिन अथवा घटनास्थलमा धनगढीबाट तालिम प्राप्त कुकुर पुगेको दिन दिनेश त्यहाँ गएनन् । ‘उनको ट्राभल हिस्ट्री हेर्दा उनी तालिम प्राप्त कुकुर आएको दिन गोठालो गएका रहेछन्,’ एक प्रहरी अधिकृतले भने ।

    भागरथीकी आमाले भागरथी आइन र ? भनि सोध्दा दिनेशले नदेखेको बताएका थिए । ‘भागरथीको खोजी गर्दा, फोन गर्दा उनी डराएर छटपटिए झैं हुन्थे, ‘ती प्रहरी अधिकृतले भने । तर मंगलबारको बेलुकी उनले साविति बयानमा आफूले भागरथीको हत्या गरेको स्वीकार गरेका छन् ।

    यस्तो छ साविति बयान

    म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे ।
    घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।

    भागरथीको बलात्कारका बारेमा मौन

    दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ । उनको, पुरै बयान सिआइबीका डिएसपी पञ्चकुमार बाकुले लिएका थिए । पञ्चकुमार अब्बल अपराध विज्ञ मानिन्छन् । जिल्ला अस्पताल बैतडीले भागरथीको यौनांगमा यौनजन्य गतिविधि भएको र घाँटी निमोठेर हत्या भएको पोष्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको छ । घटनाको प्रकृती हेर्दा पनि भागरथीको तल्लो अंगको वस्त्रहरु फुकालिएका छन् भने उनको यौनांगबाट धेरै रगत बगिरहेको भेटिएको प्रहरीले जनाएको छ।

    ‘जिल्ला प्रहरी कार्यालयमा विस्तृत बयान भइरहेको छ, यी त सबै प्रारम्भिक बयानका आधारमा आएका कुरा हुन, ‘ती प्रहरी अधिकृतले भने ।

    रुदै स्वीकारे हत्या

    दिनेशको सोधपुछमा खटिएका प्रहरी अधिकृतले उनलाई कुनै पनि मानसिक र शारीरिक यातना नदिएर फकाएर बयान गराएको बताएका छन् । बयानमा सहभागी ती अधिकृत भन्छन्, ‘नाबालक हो, नाबालकलाई केही सजाय छुट पनि हुन्छ, भनेर फकाइयो। मंगलबार अबेर राती मात्रै साविति बयान दिए । उनी धेरै रोए, अनी घटना बारे भने ।’

    २ बजे सार्वजनिक हुँदै

    घटनाको अनुसन्धानका लागि माघको २५ गते देखि घटनास्थलमा रहेका सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी उत्तम सुबेदी, संघीय प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डे, सिआईबीका डिएसपी पञ्चकुमार बाकु सहितको टोलीले अभियुक्तलाई बुधबार दिउँसो २ बजे सार्वजनिक गर्दैछन्। जिल्ला प्रहरी कार्यालय बैतडीमा अभियुक्त सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    ७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !

    नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद दुई व्यक्ति पक्राउ

    हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग

    मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं

    न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती

    कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

    ताजा समाचार
    १.

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    २ घण्टा अघि
    २.

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ३ घण्टा अघि
    ३.

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ५ घण्टा अघि
    ४.

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ५ घण्टा अघि
    ५.

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ५ घण्टा अघि
    ६.

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ५ घण्टा अघि
    समाचार
    थप

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution