फाल्गुन २, २०७७ ।प्रमोद गिरी
ताप्लेजुङ — सिरिजंगा गाउँपालिका-५को पेदाङ र वडा नम्बर ६को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठूलो रुप लिदै गएको छ ।
डढेलो लागेको कारण ले तल्लो क्षेत्रका बासिन्दाहरु आफ्नो घर पनि डढेलो ले डढ्ने डरले गएरातिदेखि सुत्न पाएका छैनन् । ‘माथिबाट कोइला, आगोको लप्का उडेर आउने र घर जलाउने डरले रातभरी जाग्राम बस्यौं,’ पेदाङका पर्वत भण्डारीले भने, ‘राडीलाई पानीमा भिजाएर घरको धुरीमा राख्यौं र पानीले छानो पुरै भिजायौं ।’
शुक्रबार बेलुका ११ बजेतिर देखिएको सानि डढेलो शनिबार दिउँसो त्यस ठाउँका गाउँलेले निभाएका थिए । सेउलाले र पानी हालेर निभाएको आगो दिउँसो ३ बजेदेखि पुन सल्किएको हो । निभाउन नसकिएको ठाउँको ठुटाको आगो हावा चलेपछि पुनः सल्किएको अनुमान गरिएको पर्वतले बताए । ‘अब त निभाउन सक्ने अवास्था नै छैन,’ त्यहको बासिन्दा भण्डारीले भने ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |