२ फागुन, काठमाडौं, प्रमोद गिरी
कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ ।
गए राति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५-१ ले पराजित गरेको थियो भने । उक्त जितपछि बार्सिलोना पुन दोस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |