कञ्चनपुरको भीमदत्त नगरपालिका र डडेल्धुराको अमगरढीका मेयर नेकपा ओली समूहमा लाग्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै पनि समूहमा नखुल्नुभएका भीमदत्तनगरपालिकाका मेयर सुरेन्द्र बिष्ट सोमबारदेखि ओली समूहमा खुल्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मेयर बिष्ट ओली समूहमा खुल्नुभएको हो ।त्यस्तै अमरगढीका मेयर बिपिन ओझालाई भने माधव प्रचण्ड समूहले वेवास्ता गरेपछि ओली समूहमा लाग्नुभएको छ ।
दुई मेयर नेकपा ओली समूह खुलेपछि सुदूरपश्चिम माधव प्रचण्डलाई ठूलो झड्का लागेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |