भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । बालिकाको शव प्रहरीकै सहयोगमा जलाइएको बीबीसी हिन्दीले जनाएको छ ।
प्राथमिक जाँच र सामाजिक सञ्जालमा भाइरल भएको एक अडियोका आधारमा घटनामा स्थानीय प्रहरीचौकीका प्रमुख समेत संलग्न रहेको देखिएको छ ।
भाइरल भएको अडियोमा थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही देखिएको एसपी नवीनचन्द्र झालाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
रञ्जनलाई निलम्बन गरिएको र उनकाविरुद्ध एफआईआर दर्ता गराइएको एसपी झाले बताएका छन्।
२१ जनवरीमा भएको यो घटनाको प्रहरीले १२ दिनपछि अर्थात् फेब्रुअरी २ मा मात्र एफआईआर दर्ता गरेको हो ।
मृतक बालिकाका बाबु सुरेश (नाम परिवर्तन) नेपालको बर्दिया जिल्लास्थित बारबर्दिया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।
उनी विगत सात वर्षदेखि बिहारको मोतिहारीस्थित कुन्डवा चैनपुरमा मजदुरी गर्थे ।
घटना हुँदा सुरेशकी पत्नी नेपाल आएकी तथा सुरेश आर्फै पनि मजदुरी गर्न गएका थिए ।
उनका छोरा पनि काम विशेषले बजार गएका बेला एक्लै रहेकी बालिकामाथि सामूहिक बलात्कार भएको जनाइएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |