प्रधानमन्त्री भइसक्नु भएका पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाल कतिसम्म निकृष्ट हर्कत गर्न सक्नुहुन्छ भन्ने उदाहरण आज काठमाडौंका एक ट्याक्सी चालक बनेका छन ।
आफूहरु प्रधानमन्त्री बन्न पाउनु पर्ने भन्दै जनतालाई सास्ती दिन आज आयोजना गरिएको नेपाल बन्दमा प्रचण्ड र माधव नेपालले कार्यकर्तालाई निर्देशन दिएर आतंक मच्चाउन लगाउँदा एउटा ट्याक्सी चालकलाई जिउँदै जलाउने प्रयाश भएको छ । सो समुहले आज प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको आफ्नो ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठलाई गाडीभित्रै पेट्रोल छर्किएर आगो लगाउने हर्कत गरेका छन । आगजनीबाट आफू बालबाल बचे पनि श्रेष्ठको ट्याक्सी खरानी बनाइएको छ
जनताटाइम्ससँगको कुराकानीमा ट्याक्सी चालक श्रेष्ठले आफूलाई भित्रै राखेर दुईजना व्यक्तिले ट्याक्सीमा आगो लगाएको बताउनु भयो । श्रेष्ठले आँखाभरी आँसु पार्दै सिट बेल्ट खोलेर भाग्न केही बेर ढिला मात्रै भएको भए आफू पनि ट्याक्सीसँगै खरानी हुने अवस्थाको चित्रण पनि सुनाउनु भयो ।
गाडीमा आगो हुरहुरी बलिसक्यो, म सिटबेल्ट लगाएर बसेको थिएँ । अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जोगाएँ । उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जलाउने रहेछ
घटनाबारे जानकारी दिँदै श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो, आज विहान ४ बजे ट्क्यासी निकालेर म थापाथली पुगें। त्यहाँबाट सोह्रखुट्टेको टिप आयो । सोह्रखुट्टेमा प्यासेन्जर छाडेर फर्किन लाग्दा सामाखुसीको टिप आयो त्यहाँ पुर्याएपछि एकजना मान्छे आएर चाबहिल जाउँ भन्यो । विहानै अर्को टिप पनि पाइयो भनेर मैले बस्नुस् भनेँ । उनीहरु दुईजना रहेछन । तर उनीहरुको उद्देश्य अर्कै रहेछ, हामी आन्दोलनकारी हौं भने ।
दाहिनेतिरबाट एउटाले पेट्रोल छर्कियो ,देब्रेतिरबाट ढोका खोलेर अर्कोले सलाई कोरेर फाल्यो । गाडीमा आगो हुरहुरी बलिसक्यो, म सिटबेल्ट लगाएर बसेको थिएँ । अत्तालिएर केहीबेर सोच्नै सकिन,तर बल्लतल्ल निस्केर ज्यान जोगाएँ ।
उनीहरुको उद्देश्य गाडीसहित मलाई पनि जलाउने रहेछ क्यारे । थोरै ढिलो भएको भए म पनि ट्याक्सीसँगै जलेर खरानी हुने थिएँ ‘। श्रेष्ठले आफ्नो गरीखाने ट्याक्सी जलाइएपछि परिवार पाल्न मुस्किल रहेको भन्दै पीडा सुनाउनु भयो ।
म मजदूर हो, गाडी साहुलाई मैले ट्याक्सी निकालेको पनि थाहा थिएन । जलेको थाहा भएपछि किन निकालेको भनेर उल्टै हप्काए । अहिले म केही सोच्न सकिरहेको छैन, मेरा बालबच्चा पाल्ने अरु कुनै उपाय छैन ।
देशको लागि आन्दोलन गरेको भन्नेहरुले म जस्तो गरीव मजदूरको ट्याक्सी जलाएर के पाए ? उनीहरुलाई कुर्सी पाउनका लागि हामी जस्ता सर्वहाराले कहिलेसम्म दुःख पाउने हो ? प्रचण्ड माधवको आतंकबाट बच्न सफल श्रेष्ठले भन्नुभयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |