• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ श्रावण २४, मंगलबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    २ घण्टा अघि

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ३ घण्टा अघि

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ५ घण्टा अघि

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ५ घण्टा अघि

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ५ घण्टा अघि

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ५ घण्टा अघि

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    १५ घण्टा अघि

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    १५ घण्टा अघि

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    १५ घण्टा अघि

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    १५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ श्रावण २४, मंगलबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

विश्वकै सबभन्दा बढी खुसी मान्छे बस्ने देश जहा यत्तिकै छाेडिएकाे सामान पनि चाेरी हुँदैन

होमपेज / अन्तर्राष्ट्रिय
  • ४५९ पटक पढिएको


  • २०७७ माघ २१, बुधबार (१ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • एकजना बेली डान्सर पार्कमा बसेकी छन् । उनको नाम हो मिन्ना तरवामाकी । सोचमग्न, ध्यानमग्न उनी केहीबेरपछि त्यहाँबाट उठेर आफ्नो बाटो लाग्छिन् । अघि बढ्दै गर्दा उनलाई महसुस हुन्छ– मैले केही पार्कमै छोडेर आएँ ?

    यताउता गोजीमा छामछुम गर्छिन्, नभन्दै उनको वालेट (मनी ब्याग) छुटेको रहेछ । वालेटमा धेरै महत्वपूर्ण वस्तुका साथै पैसा पनि हुन्छ, त्यही हराएपछि तपाईं कति आत्तिनुहोला ? तर मिन्ना निश्चिन्त छिन् । किनकि उनको देशमा कसैले कसैको सामान त्यसरी ‘भेटेको’ भनेर उठाएर लाँदैनन् । पार्कमा फर्किएर आइपुग्दा उनको वालेट जस्तो अवस्थामा छोडिएको थियो, दुरुस्तै थियो ।

    उत्तरी युरोपेली देश फिनल्यान्ड, सन् २०१८ को ह्याप्पीनेस रिपोर्टअनुसार विश्वकै सबभन्दा बढी खुसी मान्छे बस्ने देश हो । तर ‘अकबरी सुनलाई कसी लाउनु पर्दैन’ भनेझैं त्यो रिपोर्ट नहेर्दा पनि फिनल्यान्डका नागरिकको व्यवहार, रहनसहन, सोच, आत्मसन्तुष्टि यावत कारणले उनीहरू सबभन्दा खुसी छन् भन्दा फरक नपर्ला । ह्याप्पीनेस रिसर्च इन्स्टिच्युटका सिइओ माइक वाइकिङका अनुसार फिनल्यान्डका नागरिक अन्तर्मुखी छन् । ‘उनीहरू कोहीसँग पनि त्यति धेरै खुलेर बोल्दैनन्,’ माइक भन्छन्, ‘उनीहरू आफ्नो खुसी र रिस कसैका अगाडि पोख्दैनन् ।’

    त्यहाँका मानिस एक्ला एक्लै बस्ने, आफ्नै धुनमा मस्त हुने खालका छन् । त्यसो त उनीहरूको सन्तुलित जीवन नै खुसीको अन्तर्य हो । बेली डान्सर मिन्नालाई सकारात्मक कुरालाई प्रोत्साहन गर्ने एक कम्पनीले फिनल्यान्डकै सबभन्दा खुसी मान्छेका रूपमा मनोनयनसमेत गरेको थियो । मिन्नाको नजरमा फिनल्यान्डका नागरिक यति खुसीको जिन्दगी बाँच्न सक्नुमा देशको भरपर्दो सुरक्षा व्यवस्था नै हो ।

    ‘कसैले आफ्नो सामान जहाँसुकै छोडे पनि हराउँदैन,’ उनी भन्छिन्, ‘यहाँ कोही पनि त्यसरी अलपत्र परेका वा अरूका सामानमाथि हातसमेत लगाउँदैनन् ।’

    उनलाई ह्याप्पीनेस सर्वे रिपोर्टले दिएको सबभन्दा खुसीको देशको उपमासँग कुनै सरोकार छैन । किनकि उनी स्वयंलाई निकै सुरक्षित महसुस गर्छिन् । त्यसो त खुसीको मापन के आधारमा गर्ने भन्ने विषयमा मतभेद नरहेको होइन । मिन्नाकै तर्कलाई केलाउने हो भने ह्याप्पीनेस रिपोर्टको नतिजाले फिनल्यान्डका नागरिकको वास्तविक खुसी पेस गर्न सकेको देखिन्न ।

    क्यानडाको ब्रिटिस कोलम्बिया युनिभर्सिटीका प्रोफेसर तथा वल्र्ड ह्याप्पीनेस रिपोर्टका सहसम्पादक जोन हेलिवेलको तर्क छ, खुसीको मापन भावनात्मक अध्ययन हुँदै होइन । खासमा यो रिपोर्टमा विश्वभरका मान्छेको रहन–सहनलाई नै मापदण्ड बनाइने भएकाले त्यसमा फिनल्यान्ड सबभन्दा अघि रहेको उनीहरू बताउँछन् । त्यसो त जीवनशैली सुखद बनाउन त्यो देशको जिडिपी र प्रतिव्यक्ति आयका साथसाथै स्वास्थ्य र आयु लामो आयुको पनि आवश्यकता पर्छ ।

    तर, यसबाहेक मान्छे–मान्छेबीच लगाव, एक अर्कालाई सहयोग गर्ने भावना, उनीहरूको सहारा बन्नु, आफ्नो निर्णय स्वयंले गर्ने स्वतन्त्रता हुनुले पनि खुसी तुल्याउन मद्दत गर्छ । यसका लागि उदारता र विश्वास त चाहियो नै, जसले मान्छेको जीवनस्तरलाई निकै माथि पुर्याउँछ । फिनल्यान्डका मानिसमा यिनै लक्षण सबभन्दा बढी पाइएको हो । फिनल्यान्ड युनिभर्सिटी अफ हेलसिन्कीका मनोवैज्ञानिक पनि यसमा सहमत छन् कि, खुसियाली जीवनका लागि विश्वास निकै महत्वपूर्ण छ । ह्याप्पीनेस सर्वेमा विश्वका धेरै देशलाई समेटिएको छ ।

    सर्वेका क्रममा जुन देशको स्थिति सबभन्दा राम्रो छ, त्यहीँका नागरिकसँग धेरै सोधपुछ गरिएको थियो । तर सिरिया, लाइबेरिया, अफगानिस्तानजस्ता देशमा त्यहाँको स्थिति र नागरिकमा देखिएको उदासीपन प्रस्ट झल्किँदा धेरै प्र्रश्न नसोधिएको शोधकर्ताहरूको भनाइ छ । फिनल्यान्डका नागरिकबाट हामीले पनि केही सिक्ने कि ? (बिबिसीका लागि केट लिवरले लेखेको आलेखको भावानुवाद)

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    सम्बन्धि खबरहरु

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    दुई दाजुभाईको जोडिएको टाउको डाक्टरले २७ घण्टासम्मको निरन्तर अप्रेशनपछि छुट्याए

    पश्चिमा देशले युक्रेनलाई उपलब्ध गराएका हतियार रुसी सेनाले नष्ट गरेको मस्कोको दाबी

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पाए विश्वासको मत

    अस्ट्रेलियाका अलराउन्डर साइमन्ड्सको कार दुर्घटनामा निधन

    श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

    ताजा समाचार
    १.

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गर्ने संकेत

    २ घण्टा अघि
    २.

    गठबन्धनमा सय सिट दाबी गर्न देउवामाथि दबाब

    ३ घण्टा अघि
    ३.

    आज देशभर बदली, यी क्षेत्रमा हुनेछ वर्षा

    ५ घण्टा अघि
    ४.

    प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता असोज २३ मा

    ५ घण्टा अघि
    ५.

    युक्रेन युद्धमा ८० हजार रुसी नागरिकको मृत्यु भएको अमेरिकाको अनुमान

    ५ घण्टा अघि
    ६.

    निजीलाई सिट पाउन हम्मे, टिचिङको सिट घटाइदिन अनुरोध

    ५ घण्टा अघि
    समाचार
    थप

    साउने सोमबारमा पूजा अर्चना गर्न राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिरमा

    मधेस पुगेर ओलीको चुनौती- बोक्सी हुन्छ भने मलाई बोक्सी लगाइदिए हुन्छ

    हरिकृष्ण कार्कीलाई सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    नेपालमै पहिलोपटक बैंक अफ काठमाण्डूको रिभर्स रिकरिङ्ग निक्षेप खाता सञ्चालन

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution