नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्यानमारकी नेतृ आङ सान सुचीलाई तत्काल रिहा गर्न म्यानमारको सेनालाई आग्रह गरेका छन् ।
सभापति देउवाले सोमबार ट्वीटरमा लेखेका छन् , “आङ सान सूचीलाई तत्काल रिहा गर्नुका साथै निर्वाचित सरकार पुनर्स्थापना गर्न नेपाली काँग्रेस म्यानमारको सेनालाई आग्रह गर्दछ ।”
म्यानमारको सेनाले सोमबार बिहान म्यानमारका राष्ट्रपति वुइन मिन्ट, नेतृ आङ सान सुचीलगायतका शीर्ष राजनीतिक दल र सरकारी अधिकारीहरुलाई गिरफ्तार गरेको छ ।
निर्वाचनपछिको पहिलो संसद् बैठक बस्नुअघि सोमबार बिहान सेनाले सुचीसहितका नेताहरुलाई गिरफ्तार गरेको हो । सरकार असफल भएपछि एक वर्षका संकटकाल लगाइएको म्यानमारको सेनाले जनाएको छ ।
यसअघि नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दल पराजित भएपछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |