झोलामा ३ किलो लागू औषध अफिम बोकेर काठमाडौंको सडकमा हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो ठूलो मात्रामा लागू औषध अफिमसहित १ जनालाई पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको कलंकी (सडक किनारा)बाट शनिबार १ जना ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ घर भएका ५१ माइला भन्ने म्याक्स लोला छन् ।
ब्यूरोले लामाको साथबाट ३ किलो लागू औषध अफिम बरामद गरिएको जनाएको छ । अफिमसहित पक्राउ परेका लामामाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम म्याद थप गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |