माघ १४ गते बुधबार पहिलो दिन दोलखामा को’भिड–१९ संक्रमण वि’रुद्धको को’भीसिल्ड लगाएकाहरु बि’रामी पर्न थालेका छन् ।सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पताल र जिरी अस्पतालमा बुधबार पहिलो डो’जको को’भीसिल्ड भ्या’क्सिन लगाएका स्वास्थ्यकर्मीमध्ये केही बि’रामी पर्न थालेका हुन् ।बुधबार १५५ जनाले भ्या’क्सिन लगाएकोमा करिब ५५ जना हिँ’डडुल गर्न नै न’सक्ने गरी थ’लिएका छन्।
‘बि’रामी पर्न थालेको जानकारी प्राप्त भएको’ जनाउँदै स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार भने, ‘सामान्य अ’फ्ठ्यारो भए पनि अस्पताल नै भ’र्ना गर्नुपर्ने बि’रामी भएका छैनन् ।’‘भ्या’क्सिन लगाउने भनेको भाइरस नै शरीरमा पठाउने भएकोले केही अ’सहज त भैहाल्छ’ स्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘कतिपय अवस्थामा खोप लगाएकाहरुलाई कोरोना रो’गकै जस्तो लक्षण पनि देखिन सक्छ ।’
एक महिला स्वास्थ्य स्वयंसेविकाले टेलिफोनमा भनिन्, ‘भ्या’क्सिन लगाएदेखि नै ज्व’रो ह’न्हनी आएको छ, राम्रोसँग बोल्न समेत हुँदैन, पहिला पहिला सुनेको कोरोना लागेजस्तो भएको छ ।’ती महिलाका अनुसार खोप लगाएका अरुसँग बुझ्दा अरुलाई पनि त्यस्तै लक्षण देखिएको छ ।
दुईदिनसम्म लगाइसकिएको भ्या’क्सिनको प्र’भाव बारे शुक्रबार जिल्ला प्रशासनमा समिक्षा बैठकको आयोजना गरिएको थियो ।बैठकका अध्यक्ष एवम् दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधबार र बिहीबार भ्या’क्सिन लगाएका अधिकांशलाई ज्व’रो आएको बताए ।
पहिलो चरणको पहिलो डो’जको भ्या’क्सिन दोलखाका फ्र’न्टलाईनरमध्येका २१४० जनालाई लगाउने योजना अनुसार शुक्रबारसम्म ४६५ जनाले भ्या’क्सिन लगाएको स्वास्थ्य कार्यालय प्रमुख झाले जानकारी दिए । ५ मिलिमिटरको एक डि’ब्बा को’भीसिल्ड भ्या’क्सिन १० जनालाई लगाइने गरिएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।