नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह चितवनले आज भरतपुरमा बृहत जनसभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउनुभएको छ । उहाँले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि भरतपुर– १० मा बन्न लागेको सिटीहल (सभाहल) को ओलीले शिलान्यास गरेका छन् । शनिबार चितवन आएका प्रधानमन्त्री ओलीले सिटी हलको शिलान्यास गरेका हुन् ।
शिलान्यासपछि प्रधानमन्त्रीले केन्द्रीय बस टर्मिलनमा हुने बृहत आशभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाहलगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वयन समितिको भवन पछाडि समन्वय समितिकै नाममा रहको सरकारी जग्गामा सिटी हल बनाउन लागिएको छ । चार विघा चार कठ्ठा जग्गामा हल निर्माण गर्न लागिएको हो ।
सरकारको बहुवर्षीय योजना अन्र्तगत सिटी हल निर्माण थालिएको हो । दुई हजार जना क्षमताको ठूलो सभा हल तथा तीन सय जना क्षमताको सानो हलसहित अति विशिष्ठ कक्षहरु निर्माण गरिने छ ।