नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटेका छन्।
उनले शुक्रबार साँझ जंगीअड्डामा प्रधानसेनापति थापालाई भेटेका हुन्।
भेटमा दुई देशबीचको पारस्परिक हित, सैन्य तालिम र आपसी सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
अमेरिकामा जनवरी २० मा जो बाइडेन नयाँ राष्ट्रपति बनेपछि नेपालस्थित अमेरिकी दूतले भेटघाटलाई तीव्रता दिएको छ।
यसअघि राजदूत बेरीले माघ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले बाइडेन प्रशासनका प्राथमिकताबारे बताएका थिए।