• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि

    यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

    १ हफ्ता अघि

    २३ जनाको शव पोखरामै आफन्तलाई बुझाउन सुरु, ४६ जनाको शव काठमाण्डाै पठाइने

    १ हफ्ता अघि

    कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

    १ हफ्ता अघि

    राप्रपाले पायो तीन मन्त्रालय, उपप्रधान तथा उर्जामन्त्री लिङ्देन

    १ हफ्ता अघि

Nepal Press - आम निर्वाचन २०७९

No Description

  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ माघ १३, शुक्रबार
in
FLASH NEWS
  • १७ हजार भन्दा बढीलाइ बचाउँने : निःस्वार्थ मानव सेवक, सच्चा नायक रविन्द्र !
  • २हास्य टेलिश्रृखंला ‘अति भो’ ले मनायो १०० भाग
  • ३मन्त्री भुसाल ले बताउनु भो :५ वर्षपछि वार्षिक ५० अर्बको बिजुली निर्यात गर्ने अवस्थामा पुग्छौं
  • ४न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • ५क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ६रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ७जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ८चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा

सर्वोच्च अदालतबाट आयो यस्तो फैसला

होमपेज / समाचार
  • ४८६ पटक पढिएको


  • २०७७ पौष २३, बिहिबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • अधिवक्ताको गम्भीर प्रश्न र न्यायाधीशको विवेक पुगेसम्म न्याय मर्दैन । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहसले यही प्रमाणित गरेको छ ।

    जननिर्वाचित संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमाथि बुधबार सुनुवाइ सुरु भएको थियो । तर, मुख्य मुद्दामा बहस सुरु हुनुअघि इजलासको प्रकृति र संरचनामाथि गम्भीर बहस भयो । बहसमा भाग लिएका वरिष्ठ अधिवक्ताहरूको जिकिर थियो, ‘प्रतिनिधिसभा विघटनजस्तो गम्भीर मुद्दा पाँचजनाको इजलासले होइन, बृहत् पूर्ण इजलासले हेर्नुपर्छ । त्यस्तै, केपी ओली नेतृत्वको सरकारकै पाला महान्यायाधिवक्ता रहेका न्यायाधीश हरिकृष्ण कार्कीले मुद्दा हेर्दा न्यायिक मर्यादा उल्लंघन हुन्छ ।’ प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न १० पुसमा इजलास गठन भएदेखि नै प्रश्न उठेको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनको रिट संवैधानिक इजलासले हेर्ने आदेश दिएका थिए । संवैधानिक इजलासका लागि न्यायपरिषद्ले तोकेको १४ जना न्यायाधीशको रोस्टरबाट प्रधानन्यायाधीशले आफूसहित पाँच न्यायाधीश राख्ने व्यवस्था गरेको छ । तर, यो रिट हेर्नका लागि प्रधानन्यायाधीशले आफूबाहेक चौथो वरीयतामा रहेका हरिकृष्ण कार्की, पाँचौँ वरीयताका विश्वम्भर श्रेष्ठ, आठौँ वरीयताका अनिलकुमार सिन्हा र ११औँ वरीयताका तेजबहादुर केसीलाई राखेपछि कानुन व्यवसायी, नागारिक समाज र मिडियाबाट प्रश्न उठेको थियो । वरिष्ठताका आधारमा न्यायाधीश छान्ने अवसर हुँदाहुँदै प्रधानन्यायाधीशले प्रश्न उठ्ने बाटो दिएको भन्दै आलोचना भएको थियो ।

    यही प्रश्न बुधबारको इजलासमा पनि उठ्यो । बिहान साढे ११ बजे इजलास सुरु हुनासाथ अधिवक्ता रमण श्रेष्ठले भने, ‘जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने विषय निकै नै बृहत् विषय हो । यसको टुंगो जेसुकै लागे पनि सुनुवाइ सर्वोच्च अदालतको बृहत इजलासले हेर्नुपर्छ । पाँचजना न्यायाधीशले हेर्ने गरी संवैधानिक इजलासको मात्र क्षेत्राधिकार होइन ।’

    यो सुनुवाइ हुँदै जाँदा बृहत् पूर्ण इजलासले नै हेर्नुपर्ने भन्दै निर्णय गर्नुभन्दा अहिले नै त्यतातर्पm जानुपर्ने श्रेष्ठको भनाइ थियो । श्रेष्ठको तर्क सुनेपछि प्रधानन्यायाधीश जबराले यो विषयमा परेका रिट अध्ययन गर्ने बताए । ‘तपाईं अहिले बस्नुस् । हामी सम्बन्धित पत्र अध्ययन गर्छौँ,’ उनले भने । तत्कालै इजलास अधिकृतले मन्त्रिपरिषद्बाट भएको सिफारिस र राष्ट्रपति कार्यालयबाट भएका घोषणा पढेर सुनाएका थिए ।

    यो विषयमा तर्कहरू सुन्ने र सवालजवाफको क्रम अघि बढेपछि खाजाका लागि ‘ब्रेक’ भयो । तर, फेरि इजलास सुरु हुनासाथ न्यायाधीश कार्की इजलासमा बस्न हुने वा नहुने भन्ने विषयमा पनि गम्भीरतापूर्वक प्रश्न उठ्यो । वरिष्ठ अधिवक्ता शम्भु थापाले भने, ‘श्रीमान् हरिकृष्ण कार्की पनि इजलासमा हुनुहुन्छ । हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीले उहाँ (कार्की)लाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । सबैलाई थाहा छ, महान्यायाधिवक्ता भनेको प्रधानमन्त्रीको वकिल हो । त्यसैले यो सुनुवाइमा कार्की श्रीमान् बस्नु न्यायिक सिद्धान्तसँग मिल्दैन, स्वार्थ बाझिन्छ भन्ने धेरैको राय छ । यसमा उहाँले सोच्नुपर्छ ।’

    थापाको जिकिरले इजलासमा गम्भीर बहसको वातावरण बनायो । थप बहस गर्दै थापाले भने, ‘तपाईं (कार्की) इजलासमा बसे पनि मलाई बहस गर्न पनि आपत्ति छैन, भोलि आउने निर्णय स्विकार्न पनि आपत्ति छैन । तर, जनताले के भन्लान् ? यो सोच्ने जिम्मेवारी तपाईंहरूकै हो है ।’

    यस इजलासको अर्को संयोग पनि कस्तो छ भने न्यायाधीश कार्की र सरकारका तर्फबाट पैरवी गर्ने महान्यायाधिवक्ता अग्नि खरेल पुराना ‘फर्म पार्टनर’ हुन् । कार्की प्रधानमन्त्री ओलीका पूर्वमहान्यायाधिवक्ता हुन् भने खरेल वर्तमान । यसैकारण पनि स्वार्थ बाझिने भन्दै उनको उपस्थितिमाथि प्रश्न उठेको हो ।

    थापापछि अर्का पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को प्रश्न उठाए । ‘महान्यायाधिवक्ता भनेको प्रधानमन्त्रीको कानुनी सल्लाहकार हो । प्रधानमन्त्रीको कानुनी सल्लाहकार भएको न्यायाधीश इजलासमा बस्दा स्वार्थ बाझिन्छ । यसले न्यायिक सिद्धान्तमा धक्का लाग्छ,’ प्रधानको तर्क थियो ।

    त्यसपछि बोलेका निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अन्तर्राष्ट्रियस्तरमा पनि नराम्रो सन्देश जाने भएकाले न्यायाधीश कार्की इजलासमा नबस्नु उचित हुने सल्लाह दिए । ‘यो प्रश्न उठिसकेको छ । यस विषयलाई त्यत्तिकै छाड्दा अदालतको प्रतिष्ठालाई नै क्षति हुन्छ,’ उनको भनाइ थियो ।

    अधिवक्ताहरूको भनाइको बीचमा न्यायाधीश कार्की खासै धेरै बोलेनन् । तर, प्रधानन्यायाधीश जबराले भने सक्रियतापूर्वक सवाल–जवाफमा भाग लिए । ‘यो विषय त प्रधानन्यायाधीशलाई पनि त लागू हुन्छ । चोलेन्द्रलाई पनि त केपी ओलीले नै नियुक्त गर्नुभएको हो नि !’ उनले भने, ‘हामी निर्णय गरिहाल्छौँ । तपाईंहरू यही विषय पटक–पटक नदोहो¥याउनुहोस् न यो विषय । हामी निकास दिउँला नि त !’

    अधिवक्ता त्रिपाठीले भने, ‘श्रीमान्लाई त केपी ओलीले नियुक्त गरेको होइन नि !’ जबराले जवाफ फर्काए, ‘किन होइन । संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री होइन ?’

    यसपछि आफू बसिरहेकै ठाउँबाट उभिएर वरिष्ठ अधिवक्ता थापाले आफ्ना भनाइ राख्न सुरु गरे । ‘श्रीमान् (प्रधानन्यायाधीश)लाई नियुक्त गर्नु र महान्यायाधिवक्ता नियुक्त गर्नु फरक प्रक्रिया हुन् । प्रधानन्यायाधीश संवैधानिक परिषद्ले नियुक्त गर्ने हो,’ फेरि जबराले भने, ‘आखिर नियुक्ति त प्रधानमन्त्रीले नै गरेको हो नि !’

    थापाले तर्क राखे, ‘स्थिति त्यस्तो होइन श्रीमान् । प्रधानन्यायाधीश र महान्यायाधिवक्ता नियुक्ति उस्तै होइन । प्रधानन्यायाधीश प्रधानमन्त्रीले होइन, संवैधानिक परिषद्ले नियुक्त गर्ने हो । महान्यायाधिवक्ता प्रधानमन्त्रीले नियुक्त गर्ने हो । प्रधानन्यायाधीश प्रधानमन्त्रीको अधीनमा रहने व्यवस्था छैन, महान्यायाधविक्ता त प्रधानमन्त्रीको अधीनमा रहने हो, आदेशमा चल्ने हो । यस्तो विषय म यहाँ दोहो¥याउन चाहन्नँ ।’

    थापाले अन्तिममा भने, ‘फेरि १४ जनाको रोस्टर छ, न्यायाधीशको कमी पनि छैन । विकल्प रोज्ने मौका छ । रोज्ने कि नरोज्ने श्रीमान् (कार्की)ले आफैँ निर्णय गरौँ ।’ यसलगत्तै हामी एकैछिन छलफल गर्छौँ भन्दै सबै न्यायाधीश भित्र गए । फर्किएपछि न्यायाधीश कार्की आफैँ बोले, ‘मैले यो इजलासमा नबस्ने निर्णय गरेको छु ।’ लगत्तै प्रधानन्यायाधीश जबराले अर्को सुुनुवाइ आगामी बुधबार मात्र बस्ने सुनाए ।

    बुधबारको बहसमा थापासहितका अधिवक्ताहरूको तर्क जोडदार थियो । उनीहरूले विषयवस्तुमा पकड राखेर इजलास र खासगरी प्रधानन्यायाधीशसँग सवाल–जवाफ गरे । न्यायाधीश कार्कीले गरेको निर्णयलाई पनि धेरैले प्रशंसा गरेका छन् । ‘हिजो एउटा भूमिकामा हुनुहुन्थ्यो, तर सर्वोच्च अदालतमा आएपछि न्यायाधीश कार्कीको न्याय सम्पादन विवादभन्दा पर छ । आफूमाथि प्रश्न उठेपछि इजलासभन्दा बाहिर बस्छु भनेर उहाँ आफैले जे घोषणा गर्नुभयो, त्यसले व्यक्तिगत रूपमा उहाँको मात्र होइन, समग्र न्यायिक संस्थाको मर्यादा बढाएको छ,’ सुनुवाइपछि बाहिर निस्कँदा वरिष्ठ अधिवक्ताहरूको एकमत भएको नयाँ पत्रिकाले लेखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    ताजा समाचार
    १.

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    १ हफ्ता अघि
    २.

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    १ हफ्ता अघि
    ३.

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    १ हफ्ता अघि
    ४.

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    १ हफ्ता अघि
    ५.

    हेर्नुहोस् माघ ३ गते मंगलबारको राशिफल

    १ हफ्ता अघि
    ६.

    आज मन्त्रिपरिषद विस्तार, कुन पार्टीलाई कुन मन्त्रालय?

    १ हफ्ता अघि
    समाचार
    थप

    किन ओली निवास धाइरहन्छन् प्रधानमन्त्री प्रचण्ड ?

    भागबन्डा नमिल्दा कर्णालीको मन्त्रिपरिषद् विस्तारमा अन्योल

    नागढुङ्गा–नौबिसे सुरुङमार्गसहित दर्जनौँ सडकको काम रोकियो, प्रहरी परिचालन गर्दा पनि व्यवसायीले बालुवा बेच्न मानेनन्

    पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution