नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एंव पूर्वमन्त्री गोकुल बास्कोटाले माधव नेपाल नक्कली अध्यक्ष भएको बताएका छन् | उनले नेता नेपाल माओवादी प्रवेश गरेको स्पष्ट पारेका हुन्।
एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘माधव नेपाल त नक्कली अध्यक्ष हो, उहा कसको अध्यक्ष, न एमाले साइडको न माओवादी साइडको,कसको अध्यक्ष हो ।
माओवादीको द्धितिय भनौ भने उहा गएको कहा ? उहाको के हो विचार ? उहाको वैचारिक लाइन के हो ? माओवादीमा प्रवेश गरेको होइन त्यसरी हेर्ने हो भने । माओवादीमा प्रवेश गरेको हो कि प्रथम अध्यक्ष भएको हो ।’