अहिले नेपालमा प्रतिनिधि सभा विघटनलाई लिएर राष्ट्रिय राजनीति तातेको छ । प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की संविधानमा भएको व्यवस्थाअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्ने ठाउँ नभएको तर्क गर्छिन् ।
०४७ यता नेपालमा ३० वर्ष संसद विघटनै विघटनको इतिहास भएकाले त्यसलाई रोक्न अहिलेको संविधानले धारा ७६ को व्यवस्था गरेको उनको धारणा छ ।
प्रतिनिधि सभा विघटनको विषयमा संविधानको धारामा गरिएको व्यवस्थाको व्याख्या अदालतले गर्ने उनको भनाइ छ ।नेपालका राजनीतिक दलहरुले संविधानलाई आफूअनुकूल व्याख्या गर्न कोसिस गर्दा कुनै पनि संविधान लामो नटिकेको कार्की बताउँछिन् । प्रतिनिधि सभा विघटनसँग सम्बन्धित विषयमा केन्द्रित रहेर बाह्रखरी अनलाईनका जगन्नाथ दुलालले गरेको कुराकानीमा उनले सो कुरा बताएकी हुन् । – बाह्रखरीबाट साभार गरिएको हो ।