नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्रजस्तै बिदा हुने बताएका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।
सत्तामा आएपछि नियम–कानून केही नमान्नेहरू इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उनले बताए ।