पृथ्र्वीतर्फ अन्तरिक्षबाट उल्का पिण्डहरु खसिरहन्छन्। हामी ती उल्का पिण्डले पृथ्वीलाई खतरा रहेकोसमेत भन्ने गर्छौ। यहीबीच एक प्रोफेसरले भने यी उल्का पिण्ड नभई एलियनले पृथ्वीमा फालेको फोहोर भएको बताएका छन्।
हार्वर्ड विश्वविद्यालयका एन्ट्रोलोजी विभागका प्रोफेसरले यसरी पृथ्वीमा उल्का पिण्ड देखिनु पृथ्वीभन्दा अन्य ग्रहमा पनि जीवन रहेको प्रमाणका रुपमा बुझ्नुपर्ने दावी गरेका छन्।
यो भनाइबारे समाचार एक अंग्रजी अनलाइन वायनमा प्रकाशित भएको छ। उनले २०१७ मा देखिएको एक उल्का पिण्डको उदाहरण दिँदै सो उल्का पिण्ड कुनै साधारण ढुंगा नरहेको बताएका छन्।
उनले उदाहरणका रुपमा गुफामा बसेको मानिसलाई मोबाइल देखाउँदा उसले के सोच्छ भनेर बुझ्नु पर्ने बताएका छन्।
उनले एलिनहरुले पृथ्वीतर्फ फालेका फोहोरले अन्तरिक्ष भरिएकोसमेत बताएका छन्।