प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाललाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।
उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताएका छन् ।
पदको पछाडि दौडिरहेको आरोप लगाउँदै पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरेका छन् ।
आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् ।